दफा १५८ः असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने

Estimated reading: 0 minutes 290 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा प्राधिकरणको कुनै सदस्य वा कर्मचारी व्यक्तिगत वा सामूहिक रुपले जवाफदेही हुने छैन।

तर जानीजानी वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा भने निज व्यक्तिगत रुपमा जिम्मेवार हुनेछ।

२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका पालना गर्नको निमित्त असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराले हुन आएको वा हुने हानि नोक्सानीको सम्बन्धमा प्राधिकरणको कुनै सदस्य वा कर्मचारी विरुद्ध कुनै किसिमको मुद्दा परेमा त्यस्तो मुद्दाको खर्च प्राधिकरणले व्यहोर्नेछ।

तर जानीजानी वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा परेको मुद्दाको खर्च प्राधिकरणले व्यहोर्ने छैन।

Share this Law

दफा १५८ः असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.