दफा १४८ः विवरण माग्ने

Estimated reading: 0 minutes 281 views

१) यस ऐन बमोजिम नियमन वा कारबाहीको सम्बन्धमा गरिने अनुसन्धान वा जाँचबुझको क्रममा प्राधिकरण वा अनुसन्धान वा जाँचबुझ गर्ने निकायलाई कुनै लिखत, खाताको विवरण, कागजात वा अन्य विवरण प्राप्त गर्न अनुसन्धान वा जाँचबुझ गर्न आवश्यक छ भन्ने लागेमा र त्यस्तो लिखत, खाताको विवरण वा अन्य विवरण कुनै व्यक्ति वा संस्थासँग छ वा सो व्यक्ति वा संस्थाले त्यस्तो विवरण कागजात पेश गर्न सक्छ भन्ने लागेमा प्राधिकरण वा अनुसन्धान वा जाँचबुझ गर्ने निकायले त्यस्तो व्यक्ति वा संस्थालाई त्यस्तो विवरण कागजात पेश गर्न अनुरोध गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम अनुसन्धान वा जाँचबुझ गर्ने निकायले माग गरेको लिखत, खाताको विवरण वा अन्य विवरण उपलब्ध गराउनु वा सहयोग पुर्‍याउनु सम्बन्धित सबै व्यक्ति वा संस्थाको कर्तव्य हुनेछ।

Share this Law

दफा १४८ः विवरण माग्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.