दफा १४०ः कसुर

Estimated reading: 1 minute 318 views

१) देहाय बमोजिमको काम कारबाहीलाई यस ऐन बमोजिम कसुर गरेको मानिनेछः-

(क) दफा २४ बमोजिम इजाजतपत्र नलिई बीमा व्यवसाय गरेमा,

(ख) दफा ९० बमोजिम इजाजतपत्र नलिई बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रूपमा काम गरेमा,

(ग) कुनै बीमकले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा अन्य पक्षसँग मिली वा नमिली बीमा सम्बन्धी कुनै जालसाजी किर्ते गरी वा गलत विवरण वा कागजात तयार गरी वा नगरी बीमा दाबी भुक्तानी गरेमा,

(घ) कुनै बीमितले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा अन्य पक्षसँग मिली वा नमिली बीमा सम्बन्धी कुनै जालसाजी किर्ते गरी वा गलत विवरण वा कागजात पेश गरी वा नगरी बीमा दाबी भुक्तानी प्राप्त गरेमा,

(ङ) कुनै बीमा सर्भेयरले क्षतिको मूल्याङ्कन गर्दा स्वार्थषस वा बदनियतपूर्ण तरिकाले बढी, कम वा गलत मूल्याङ्कन गरी बीमक वा बीमितलाई हानि नोक्सानी पुर्‍याउने  कार्य गरेमा,

(च) बीमालेख बमोजिम बीमितले बीमकलाई बुझाउनु पर्ने बीमाशुल्क कुनै बीमा बदनियतपर्वक बीमकलाई अभिकर्ताले पू मकलाई नुबझाई उक्त रकमको अपचलन गरेमा,

(छ) बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बीमालेख जारी गर्दा, बीमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, बीमा दाबी भुक्तानी गर्दा वा बीमा व्यवसाय सञ्चालनको क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरूपयोग गरेमा,

(ज) बीमक गाभ्दा वा गाभिँदा, प्राप्ति गर्दा, खारेज गर्दा वा लेखापरीक्षण गर्दा कुनै सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख, कर्मचारी तथा अन्य व्यक्तिले अनियमितता गरेमा,

(झ) कसैले खण्ड (क) देखि (ज) सम्मको कसुर गर्न उच्योग गरेमा वा त्यस्तो कसुर गर्न कुनै किसिमले मद्दत पुर्‍याएमा ।

२) विदेशी बीमकको कुनै पदाधिकारी वा कर्मचारीले शाखा कार्यालयको नियमित कारोबारको सिलसिलामा बाहेक प्राधिकरणको स्वीकृति नलिई वा झुट्ठा विवरण पेश गरी स्वीकृति लिई त्यस्तो शाखा कार्यालयको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिनेछ।

Share this Law

दफा १४०ः कसुर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.