परिच्छेद-१९ कारबाही, कसुर तथा दण्ड सजाय

दफा १३९ः कारबाहीको कार्यविधि

Estimated reading: 0 minutes 118 views

१) प्राधिकरणले दफा १३४ बमोजिम नियमनको कारबाही वा दफा १३८ बमोजिम जरिबाना गर्नु अघि सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा व्यक्तिलाई प्रस्ताव गरिएको कारबाही वा जरिबानाको सम्बन्धमा आफ्नो सफाई पेश गर्न सात दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ।

२) उपदफा (१) बमोजिम लिखित सूचना प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता वा कुनै व्यक्तिले आफ्नो सफाई लिखित रूपमा प्राधिकरणसमक्ष पेश गर्नु पर्नेछ।

३) उपदफा (२) बमोजिम पेश हुन आएको सफाई चित्त बुझ्दो देखिएमा प्राधिकरणले त्यस्तो कारबाही वा जरिबानामा संशोधन गर्न वा खारेज गर्न सक्नेछ।

४) यस ऐन बमोजिम प्राधिकरणले कारबाही वा जरिबाना गर्दा अवलम्बन गर्नुपर्ने अन्य कार्यविधि प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा १३९ः कारबाहीको कार्यविधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.