दफा १३६ः इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने

Estimated reading: 1 minute 333 views

१) कुनै बीमकले देहायको कुनै काम गरेमा प्राधिकरणले त्यस्तो बीमकको इजाजतपत्र तोकिएको अवधिको लागि निलम्बन गर्न वा त्यस्तो बीमकलाई बीमा व्यवसाय गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउन सक्नेछः-

(क) दफा ३६ को व्यवस्था बमोजिम न्यूनतम्‌ चुक्ता पूँजी कायम नगरेमा,

(ख) दफा १२८ वा १२९ को व्यवस्था बमोजिम दाबी भुक्तानी वा हानि नोक्सानीको सम्बन्धमा भएको निर्णय तोकिएको अवधिभित्र कार्यान्वयन नगरेमा,

(ग) बीमकलाई बीमा व्यवसाय सञ्चालन गर्न दिँदा बीमितको गम्भीर अहित हुने भएमा,

(घ) प्राधिकरणको स्वीकृति बिना बीमा व्यवसाय बन्द गरेमा,

(ङ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा प्रचलित कानून बमोजिम निषेध गरिएका अन्य कुनै कार्य गरेमा,

(च) प्राधिकरणले दिएको निर्देशन वा आदेश पटक पटक उल्लङ्घन गरेमा ।

२) उपदफा (१) बमोजिम बीमकको इजाजतपत्र निलम्बन गर्न वा बीमा व्यवसाय पूर्ण वा आंशिक रुपमा रोक लगाउनुअघि प्राधिकरणले सम्बन्धित बीमकलाई स्पष्टीकरण पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम बीमकले पेश गरेको स्पष्टीकरण सन्तोषजनक देखिएमा प्राधिकरणले त्यस्तो निलम्बन वा रोक्का फुकुवा गर्न सक्नेछ।

४) उपदफा (१) बमोजिम बीमकलाई बीमा व्यवसाय गर्न पूर्ण वा आंशिक रुपमा रोक लगाइएकोमा त्यसको सूचना कम्तीमा दुई वटा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा प्राधिकरणको वेबसाइट मार्फत सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नु पर्नेछ।

Share this Law

दफा १३६ः इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.