परिच्छेद-१८ प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन

दफा १३१ः प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन

Estimated reading: 1 minute 111 views

१) प्रदेशले यस ऐनको अधीनमा रही देहायको विषयमा कानून बनाई बीमा सञ्चालन र व्यवस्थापन गर्न सक्नेछः-

(क)बीमाको पहुँच पुर्‍याउने,

(ख)बीमा अभिकर्ताको लागि तोकिए बमोजिम इजाजतपत्र जारी तथा नवीकरण गर्ने,

(ग) बीमा सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने,

(घ) तोकिएको विषयमा गुनासो सुनुवाई गर्ने।

२) उपदफा (१) बमोजिमको कार्य गर्दा प्राधिकरणले तोकेको मापदण्डको अधीनमा रही कार्य गर्नु पर्नेछ।

३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेशले कानून बनाई आफ्नो काम कारबाही प्रारम्भ नगरून्जेलसम्म यस दफा बमोजिमको काम कारबाही प्राधिकरणले गर्नेछ।

Share this Law

दफा १३१ः प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.