दफा ११३ः बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने

Estimated reading: 1 minute 303 views

१) कुनै बीमकले आफूले गर्दै आएको बीमा व्यवसायहरू मध्ये सबै वा केही बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) प्राधिकरणको स्वीकृति लिई सोही किसिमको बीमा व्यवसाय गर्ने अर्को बीमकलाई हस्तान्तरण गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम कुनै बीमकले बीमा व्यवसाय हस्तान्तरण गरी लिन वा दिन चाहेमा सम्बन्धित बीमकले आ-आफ्नो साधारण सभाबाट सो सम्बन्धी विशेष प्रस्ताव पारित गरी एक आपसमा सम्झौता गरी तोकिए बमोजिमको कागजात सहित प्राधिकरणमा संयुक्त निवेदन दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदकसँग थप कुनै कुरा बुझ्नु पर्ने भए सो समेत बुझी बीमा व्यवसाय हस्तान्तरण गर्न मनासिब देखिएमा प्राधिकरणले सम्झौता बमोजिम बीमा व्यवसाय हस्तान्तरण गर्न तोकिए बमोजिम स्वीकृति प्रदान गर्न सक्नेछ।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बीमा व्यवसाय हस्तान्तरण गर्दा बीमितको अहित वा हानि नोक्सानी हुने, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्ने वा कुनै बीमकको एकाधिकार वा नियन्त्रित व्यापारिक अभ्यास कायम हुन सक्ने सम्भावना देखिएमा प्राधिकरणले बीमा व्यवसाय हस्तान्तरण गरी लिन वा दिन स्वीकृति प्रदान गर्ने छैन।

५) उपदफा (३) बमोजिम बीमा व्यवसाय हस्तान्तरण गर्न स्वीकृति लिई बीमा व्यवसाय हस्तान्तरण गरेपछि त्यस्तो व्यवसायको सम्पत्ति तथा दायित्व बीमा व्यवसाय हस्तान्तरण गरी लिने बीमकमा सर्नेछ।

६) बीमा व्यवसाय हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ११३ः बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.