परिच्छेद-१३ समस्याग्रस्त बीमक

दफा १०६ः सूचना दिनु पर्ने

Estimated reading: 1 minute 109 views

१) विशेष व्यवस्थापन समूहले बीमकलाई नियन्त्रणमा लिई कार्य प्रारम्भ गरेको तीन दिनभित्र देहायको विवरण सहितको सूचना सम्बन्धित बीमकको प्रत्येक कार्यालयमा दिनु पर्नेछ:-

(क) सम्बन्धित बीमकलाई नियन्त्रणमा लिई काम सुरू गरेको मिति र समय,

(ख) सम्बन्धित बीमकको मुख्य व्यवस्थापन हेर्ने वा सम्बन्धित अख्तियार प्राप्त व्यक्तिको अख्तियारी तथा जिम्मेवारी खारेज गरिएको व्यहोरा,

(ग) बीमितले बीमा दाबी गर्ने तरिका, समय र स्थान,

(घ) अन्य विभिन्न पक्षहरूले गर्ने विभिन्न दाबीको लागि दाबी गर्ने तरिका, समय र स्थान।

२) उपदफा (१) बमोजिमको सूचना प्रत्येक हप्ता प्रकाशन हुने गरी चार हप्तासम्म कम्तीमा दुई वटा राष्ट्रिय स्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइट मार्फत समेतमा प्रकाशन गर्नु पर्नेछ।

३) विशेष व्यवस्थापन समूहले नियन्त्रणमा लिएको बीमकको अवस्था, अख्तियार प्राप्त अधिकारी तथा निजको अख्तियारीमा आएको परिवर्तन सम्बन्धी जानकारी प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा लेखी पठाउनु पर्नेछ।

Share this Law

दफा १०६ः सूचना दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.