दफा १०३ः विशेष व्यवस्थापन समूह

Estimated reading: 0 minutes 300 views

१) यस ऐनको दफा १०२ को उपदफा (५) बमोजिम नियन्त्रणमा लिइएको बीमकको सञ्चालन तथा व्यवस्थापनको लागि तोकिए बमोजिम योग्यता पुगेका व्यक्तिहरू मध्येबाट प्राधिकरणले तीन जना व्यक्ति रहेको विशेष व्यवस्थापन समूह गठन गरी सो मार्फत उक्त बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य अघि बढाउन सक्नेछ।

२) उपदफा (१) बमोजिमको विशेष व्यवस्थापन समूहको कार्यावधि एक वर्षको हुनेछ र औचित्यको आधारमा प्राधिकरणले सो समूहको कार्यावधि बढीमा एक वर्ष थप गर्न वा सो समूहलाई विघटन गर्न सक्नेछ।

३) प्राधिकरणले विशेष व्यवस्थापन समूहका सबै वा कुनै सदस्यको काम सन्तोषजनक नभएमा निजलाई तोकिए बमोजिम पदमुक्त गर्न सक्नेछ।

४) प्राधिकरणले तोकिएको कार्य सम्पन्न नहुँदै विशेष व्यवस्थापन समूहका सदस्यलाई पदमुक्त गरेमा सो स्थानमा बाँकी अवधिका लागि उपदफा (१) बमोजिमको योग्यता पुगेको व्यक्तिलाई नियुक्त गर्न सक्नेछ।

५) विशेष व्यवस्थापन समूहका सदस्य नियुक्ति सम्बन्धी कार्यविधि, पारिश्रमिक, सुविधा तथा अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा १०३ः विशेष व्यवस्थापन समूह

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.