दफा ९२ः बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता

Estimated reading: 1 minute 307 views

१) दफा ९३ बमोजिम निवेदन दिने बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता तोकिए बमोजिम हुनेछ।

२) बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।

३) प्रचलित कानून बमोजिम दर्ता भएको देहायको योग्यता भएको सङ्गठित संस्थालाई मात्र बीमा दलाल तथा तेस्रो पक्ष सहजकर्ताको रूपमा कार्य गर्न इजाजत पत्र दिइनेछः-

(क)प्राधिकरणले तोकिदिए बमोजिम अधिकृत पूँजी भएको,

(ख) सङ्गठित संस्थाको व्यवस्थापक भई कार्य गर्ने व्यक्ति बीमा सम्बन्धी काममा चार वर्षको अनुभव प्राप्त गरेको,

(ग) प्राधिकरणले तोकिदिएको अन्य शर्तहरू पूरा गरेको।

४) बीमा मध्यस्थकर्ता वा अन्य बीमा प्रदायक सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ९२ः बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.