दफा ८६ः बीमकको लेखापरीक्षकको नियुक्ति

Estimated reading: 1 minute 301 views

१) बीमकले प्रचलित कानून बमोजिम लेखापरीक्षकको नियुक्ति गर्नु पर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिलाई बीमकले लेखापरीक्षक नियुक्त गर्न सक्ने छैनः-

(क) बीमकको आधारभूत शेयरधनी, सञ्चालक वा सञ्चालकको नजिकको नातेदार,

(ख) बीमकको कार्यकारी प्रमुख वा निजको नजिकको नातेदार,

(ग) बीमकको मध्यस्थकर्ता, कर्मचारी वा निजको एकाघरको परिवारको सदस्य,

(घ) बीमकको सेवाबाट अलग भइसकेको कर्मचारी भए त्यसरी अलग भएको तीन वर्ष पूरा नभएको व्यक्ति,

(ङ) बीमकको सञ्चालक, कार्यकारी प्रमुख वा कर्मचारीको साझेदार भएको व्यक्ति,

(च) बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति वा निजको एकाघरको परिवारको सदस्य,

(छ) सम्बन्धित बीमकबाट तोकिएको सीमाभन्दा बढी रकमको बीमा गराएको बीमित,

(ज) लगातार तीन आर्थिक वर्षसम्म सोही बीमकको लेखापरीक्षकमा नियुक्त भएको व्यक्ति,

(झ) समितिका सदस्य, प्राधिकरणका बहालवाला कर्मचारी वा निजको एकाघरको परिवारको सदस्य वा साझेदार,

(ञ) प्रचलित कानून बमोजिम लेखापरीक्षकको रूपमा नियुक्त हुन वा लेखापरीक्षकको रूपमा बहाल रहन अयोग्य व्यक्ति ।

Share this Law

दफा ८६ः बीमकको लेखापरीक्षकको नियुक्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.