परिच्छेद-१० बीमकको लेखा तथा लेखापरीक्षण

दफा ८४ः वित्तीय विवरण तयार गर्नु पर्ने

Estimated reading: 1 minute 117 views

१) बीमकले आफ्नो आय-व्यय हिसाब, खुद सम्पत्ति र त्यसमा भएको परिवर्तन, बीमा, पुनर्बीमा, दाबी, लगानी सहितको त्रैमासिक वित्तीय विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र प्राधिकरणमा पेश गर्नु पर्नेछ।

२) बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको छ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नु पर्नेछ।

३) बीमकले आफ्नो वित्तीय अवस्था तथा जोखिमको स्थितिको सम्बन्धमा प्रत्येक तीन महिनामा विवरण सार्वजनिक गर्नु पर्नेछ।

४) बीमकको वित्तीय विवरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ८४ः वित्तीय विवरण तयार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.