परिच्छेद-१० बीमकको लेखा तथा लेखापरीक्षण

दफा ८३ः हिसाब किताब दुरुस्त राख्नु पर्ने

Estimated reading: 0 minutes 123 views

१) बीमकले आफ्नो हिसाब किताब, बही खाता, श्रेस्ता र लेखाको अभिलेख यथार्थ र दुरुस्त राख्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम लेखाको अभिलेख राख्दा बीमकले दोहोरो लेखा प्रणालीमा आधारित लेखाको मान्य सिद्धान्त अनुरुप आफ्नो कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा देखिने गरी आफ्नो सम्पत्ति, दायित्व, आम्दानी र खर्चको प्रचलित कानूनबमोजिम अभिलेख राम्नु पर्नेछ।

३) उपदफा (१) बमोजिम राखिने लेखा तथा अन्य विवरण प्राधिकरणले अन्यथा स्वीकृति दिएकोमा बाहेक बीमकले आफ्नो प्रधान कार्यालयमा राख्नु पर्नेछ।

४) बीमकको लेखा तथा हिसाब किताब सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ८३ः हिसाब किताब दुरुस्त राख्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.