दफा ४९ः सञ्चालकको योग्यता

Estimated reading: 1 minute 183 views

१) देहायको व्यक्ति बीमकको सञ्चालकमा नियुक्त हुन योग्य हुनेछः-

(क)विदेशी वा स्वदेशी बीमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका सङ्गठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा सङ्गठित संस्थाको अधिकृतस्तरमा कम्तीमा पाँच वर्ष काम गरेको,

(ख) कुनै विषयमा स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बीमा, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको सङ्गठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा सङ्गठित संस्थाको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको,

(ग) चार्टड एकाउन्टेण्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा वाणीज्य कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र स्वदेशी वा विदेशी बीमक वा सम्बन्धित क्षेत्रको सङ्गठित संस्थाको सञ्चालक वा व्यवस्थापक तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको व्यक्ति बीमकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त हुन योग्य हुनेछ।

तर बीमकको सञ्चालक, सञ्चालकको एकाघर परिवारको सदस्य, लेखापरीक्षक, परामर्शदाता तथा बीमकको आधारभूत शेयरधनी वा बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति स्वतन्त्र सञ्चालक हुन पाउने छैन।

Share this Law

दफा ४९ः सञ्चालकको योग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.