दफा १७२ः खारेजी र बचाउ

Estimated reading: 1 minute 322 views

१) देहायका ऐन खारेज गरिएका छन्‌ :-

(क) बीमा ऐन, २०४९

(ख) राष्ट्रिय बीमा संस्थान ऐन, २०२५

२) उपदफा (१) खारेज भएको ऐन बमोजिमकोः-

(क) बीमा समिति यो ऐन प्रारम्भ भएपछि स्वतः प्राधिकरणमा परिणत भएको मानिनेछ।

(ख) बीमा समितिबाट जारी भएको नियम, विनियम, निर्देशन, जारी गरेको इजाजतपत्र, दिएको आदेश वा भए गरेको काम कारबाही वा सजाय प्राधिकरणबाट गरेको वा भएको मानिनेछ।

(ग) बीमा समितिको चल अचल सम्पत्ति वा दायित्व स्वतः प्राधिकरणको चल अचल सम्पत्ति वा दायित्वको रूपमा परिणत हुनेछ।

(घ) बीमा समितिको अध्यक्ष तथा सदस्य यो ऐन “प्रारम्भ भएपछि स्वतः प्राधिकरणको अध्यक्ष तथा सदस्य हुनेछ र निज आफ्नो कार्यकालसम्म सो पदमा बहाल रहन सक्नेछ।

(ङ) बीमा समितिमा कार्यरत कर्मचारी यो ऐन प्रारम्भ भएपछि स्वतः प्राधिकरणको कर्मचारीमा परिणत हुनेछन्‌।

(च) बीमा समितिमा विचाराधीन मुद्दाहरू स्वतः प्राधिकरणमा सर्नेछन्‌ र यसै ऐन बमोजिम कारबाही र किनारा गरिनेछ।

३) उपदफा (१) को खण्ड (ख) बमोजिम खारेज भएको ऐन बमोजिम:-

(क) गठन भएको राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र एक पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिनेछ ।

(ख) राष्ट्रिय बीमा संस्थानमा कार्यरत कर्मचारीहरू खण्ड (क) बमोजिमको कम्पनीका कर्मचारीमा स्वतः परिणत हुनेछन्‌।

(ग) राष्ट्रिय बीमा संस्थानमा कायम रहेको चल अचल सम्पत्ति र दायित्व स्वतः खण्ड (क) बमोजिमको कम्पनीको चल अचल सम्पत्ति र दायित्वको रुपमा परिणत हुनेछ।

(घ) राष्ट्रिय बीमा संस्थानबाट जारी भएका बीमालेख खण्ड (क) बमोजिमको कम्पनीबाट जारी भएको बीमालेख मानिनेछ।

Share this Law

दफा १७२ः खारेजी र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.