दफा १५९ः नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने

Estimated reading: 1 minute 178 views

१) प्राधिकरणले आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र देहाय बमोजिमको विवरण समावेश भएको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ:-

(क) आफ्नो काम कारबाही र अघिल्लो आर्थिक वर्षभरिमा भए गरेका काम र उपलब्धि सम्बन्धी विवरण,

(ख) मुलुकको बीमा व्यवसाय सम्बन्धी समग्र स्थिति,

(ग) वार्षिक बीमा नीति अनुरूपका उपलब्धीको विवरण,

(घ) बीमा क्षेत्रमा गर्नु पर्ने सुधारका उपायहरू।

२) उपदफा (१) बमोजिमको प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्नेछ।

Share this Law

दफा १५९ः नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.