दफा १३७ः बीमकको इजाजतपत्र खारेज गर्न सक्ने

Estimated reading: 1 minute 334 views

१) देहायको अवस्थामा प्राधिकरणले बीमकको इजाजतपत्र खारेज गर्न सक्नेछः-

(क) दफा १३६ बमोजिम बीमा व्यवसाय गर्न रोक लगाइएको वा इजाजतपत्र निलिम्बन गरिएको एक बर्षसम्म पनि त्यस्तो रोक्का फुकुवा हुन नसकेमा,

(ख) बीमकलाई बीमा व्यवसाय सञ्चालन गर्न दिँदा बीमितको गम्भीर अहित हुने भएमा,

(ग) प्रचलित कानून बमोजिम बीमक विरूद्ध अदालतले दामासाहीको कारबाही प्रारम्भ गरेमा,

(घ) खारेजीको लागि बीमकको निवेदन परेकोमा खारेजीको प्रक्रिया पूरा भएमा।

२) उपदफा (१) को खण्ड (ग) वा (घ) को अवस्थामा बाहेक कुनै बीमकको इजाजतपत्र खारेज गर्नुअघि प्राधिकरणले सम्बन्धित बीमकलाई तोकिए बमोजिम उचित समय दिई स्पष्टीकरण पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (क) वा (ख) मा उल्लिखित अवस्था उत्पन्न भई सम्बन्धित बीमकले त्यस्तो अवस्था सुधार गर्ने र कमी कमजोरी नदोहोच्याउने कबुलियत गरेमा प्राधिकरणले त्यस्तो बीमकलाई एक पटकको लागि आफ्नो अवस्था सुधार गर्न वा कमी कमजोरी सच्याउन मनासिब समय प्रदान गर्न सक्नेछ।

४) यस दफा बमोजिम कुनै बीमकको इजाजतपत्र खारेज भएमा त्यसरी खारेज हुनुभन्दा अगाडि बीमकले लिएको दायित्वको फस्यौंट तोकिए बमोजिम गर्नु पर्नेछ।

५) यस दफा बमोजिम इजाजतपत्र खारेज भएकोमा प्राधिकरणले सम्बन्धित बीमा कम्पनीको नाम सर्वसाधारणको जानकारीको लागि कम्तीमा दुईवटा राष्ट्रिय स्तरको दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्नु पर्नेछ।

Share this Law

दफा १३७ः बीमकको इजाजतपत्र खारेज गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.