दफा १२३ः बीमा दाबी फर्स्यौट गर्नु पर्ने

Estimated reading: 1 minute 309 views

१) बीमकले बीमालेखमा उल्लेख भए बमोजिम बीमा दाबी पेश हुन आएमा त्यस्तो दाबीको क्षति मूल्याङ्कन गराउनु पर्ने भए सो गराई र क्षति मूल्याङ्कन गराउनु नपर्ने भएमा त्यसरी पेश भएको मितिबाट तोकिएको अवधिभित्र दाबी फर्स्यौट गर्नु पर्नेछ।

२) प्रचलित कानून बमोजिम बीमित वा निजको हकवाला तोकिएको अवधिभित्र पत्ता नलागेमा वा निजलाई दाबी भुक्तानी गर्न नसकिएमा दाबी भएका बखत भुक्तानी गर्ने गरी त्यस बापतको रकम दाबी नभएको कोष (अनक्लेम्ड फण्ड)मा जम्मा गर्नु पर्नेछ।

३) बीमा दाबी बापतको रकम भुक्तानी पाउने व्यक्ति फेला नपरेमा बीमित वा हकवालालाई कुनै प्रकारले खोजेको, सम्पर्क गर्ने प्रयास गरेको वा रकम भुक्तानी गर्न पर्याप्त प्रयास गरेको प्रमाण बीमकले सुरक्षित रूपमा राख्नु पर्नेछ।

४) बीमकले तोकिएको समयभित्र फर्स्यौट हुन नसकेका दाबीहरूको विवरण प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।

५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देशको कुनै भू-भाग वा क्षेत्रमा महाविपत्ति लगायतका अन्य सङ्कट आइपरेको अवस्थामा त्यस्तो सङ्कट परेको स्थानमा निश्चित अवधिका लागि प्राधिकरणले बीमा दाबी सम्बन्धी छुट्टै कार्यविधि तयार गरी लागू गर्न सक्नेछ।

६) बीमा दाबी फर्स्योट तथा दाबी नभएको कोष (अनक्लेम्ड फण्ड) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १२३ः बीमा दाबी फर्स्यौट गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.