दफा ११४ः बीमक गाभ्न वा गाभिन सक्ने

Estimated reading: 1 minute 355 views

१) एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरु प्राधिकरणको स्वीकृति लिई प्रचलित कानून बमोजिम एक आपसमा गाभ्न वा गाभिन सक्नेछन्‌।

२) उपदफा (१) बमोजिम गाभ्ने वा गाभिने कारबाही चलाउनु अघि तोकिएबमोजिमको कागजात सहित गाभ्ने र गाभिने दुवै बीमकले स्वीकृतिको लागि प्राधिकरण समक्ष संयुक्त निवेदन दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा बीमक गाभ्न वा गाभिन मनासिब देखिएमा सो सम्बन्धी कारबाही प्रारम्भ गर्न प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिनेछ।

४) उपदफा (३) बमोजिम सैद्धान्तिक स्वीकृति प्राप्त गरेपछि आपसमा गाभ्ने वा गाभिने बीमकले आ-आफ्नो कम्पनीको सम्पत्ति, दायित्व र व्यवसायको मूल्याङ्कन गर्न बीमकको लेखापरीक्षक हुन योग्यता पुगेको व्यक्तिलाई मूल्याङ्कनकर्ता नियुक्त गरी तोकिए बमोजिम मूल्याङ्कन गराई सो विवरण सहित प्राधिकरण समक्ष निवेदन पेश गर्नु पर्नेछ।

५) उपदफा (४) बमोजिम निवेदन प्राप्त भएमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी निवेदकसँग कुनै थप कुरा बुझ्नु पर्ने भए सो समेत बुझ्दा निवेदक बीमकलाई एक आपसमा गाभ्नु वा गाभिन मनासिब हुने देखिएमा गाभ्न वा गाभिन स्वीकृति प्रदान गर्न सक्नेछ।

तर बीमकहरु एक आपसमा गाभ्दा वा गाभिँदा बीमितलाई अहित वा हानि नोक्सानी हुने, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने वा कुनै बीमकको एकाधिकार कायम हुने वा नियन्त्रित व्यापारिक अभ्यास कायम हुनसक्ने सम्भावना देखिएमा प्राधिकरणले त्यस्तो बीमकलाई एक आपसमा गाभ्न वा गाभिन स्वीकृति दिने छैन।

६) बीमक एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ११४ः बीमक गाभ्न वा गाभिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.