दफा ४४ः शेयरको बाँडफाँट

Estimated reading: 0 minutes 316 views

१) बीमकले आफ्नो कुल जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नको लागि छुट्याउनु पर्नेछ।

तर विदेशी बीमा कम्पनीको शाखा कार्यालयको रुपमा दर्ता भएको बीमकले शेयर निष्कासन तथा बिक्री गर्न पाउने छैन।

२) उपदफा (१) बमोजिम सर्वसाधारणलाई छुट्याइएको शेयरको पाँच प्रतिशतसम्म शेयर बीमकले आफ्ना कर्मचारीको लागि छुट्याउन सक्नेछ।

३) बीमकले प्राधिकरणको स्वीकृतिमा संस्थापक शेयर समूहको स्वामित्व एकाउन्न प्रतिशतभन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधारण शेयर समूहमा परिणत गर्न सक्नेछ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्वमा स्थापना भएको बीमकको शेयर सम्बन्धी व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ।

५) बीमकको शेयरको बाँडफाँट तथा बिक्री वितरण सम्बन्धी अन्य व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम हुनेछ।

Share this Law

दफा ४४ः शेयरको बाँडफाँट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.