दफा १२ः अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्था

Estimated reading: 1 minute 400 views

१) देहायको कुनै अवस्थामा अध्यक्ष वा सदस्य आफ्नो पदमा बहाल रहने छैनः-

(क) निजले नेपाल सरकार समक्ष लिखित राजीनामा दिएमा,

(ख) निज दफा ८ को उपदफा (३) बमोजिम पदमा रहन अयोग्य भएमा,

(ग) खराब आचरण, कार्य क्षमताको अभाव भएको वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा निजलाई उपदफा (२) बमोजिम नेपाल सरकारले पदमुक्त गरेमा ।

२) उपदफा (१) को खण्ड (ग) मा उल्लिखित आधारमा नेपाल सरकारले अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्नु परेमा देहाय बमोजिमको छानबिन समितिको सिफारिसमा पदमुक्त गर्न सक्नेछः-

(क) उच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीश मध्येबाट नेपाल सरकारले नियुक्त गरेको एकजना व्यक्ति अध्यक्ष
(ख) स्नातकोत्तर उपाधि हासिल गरेको र बीमा वा आर्थिक क्षेत्रमा कम्तीमा दश वर्ष अनुभव भएका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले नियुक्त गरेका फरक फरक क्षेत्रका दुईजना व्यक्ति सदस्य

३) अध्यक्ष वा कुनै सदस्यको हकमा उपदफा (२) बमोजिम छानविन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्म त्यस्तो व्यक्ति स्वतःनिलम्बन हुनेछ।

४) उपदफा (२) बमोजिम गठित समितिको कार्यकाल गठन भएको मितिले बढीमा तीन महिनाको हुनेछ।

५) कुनै कारणले उपदफा (२) बमोजिम गठित छानबिन समितिको अध्यक्ष वा सदस्यको पद रिक्त हुन गएमा त्यस्तो सदस्य जुन प्रक्रियाद्वारा नियुक्त भएको हो सोही प्रक्रिया बमोजिम बाँकी अवधिका लागि पूर्ति गरिनेछ।

Share this Law

दफा १२ः अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.