दफा ५ः प्राधिकरणको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 366 views

यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) बीमा सम्बन्धमा नेपाल सरकारको सल्लाहकारको रूपमा कार्य गर्ने,

(ख) राष्ट्रिय बीमा नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने,

(ग) बीमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, 

(घ) बीमा व्यवसायको लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन तथा आदेश जारी गर्ने,

(ङ) बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण तथा खारेजी गर्ने,

(च) बीमा व्यवसायसँग सम्बन्धित पूँजी तथा पूँजीकोष निर्धारण गर्ने,

(छ) बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गर्ने,

(ज) बीमा व्यवसायको विकास तथा विस्तारको लागि अध्ययन, अनुसन्धान, तालिम, अभिमुखीकरण तथा सचेतना सम्बन्धी कार्य गर्ने वा गराउने,

(झ) बीमा दायित्व निर्धारण सम्बन्धमा बीमक विरूद्ध बीमितले दिएको उजुरी उपर निर्णय गर्ने,

(ञ) बीमाका विभिन्न पक्षहरूको बीचको विवाद निरूपण गर्ने,

(ट) बीमा व्यवसायको जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने,

(ठ) बीमा व्यवसायको विकासको लागि दक्ष जनशक्ति उत्पादन गर्ने तथा बीमा शिक्षाको प्रवर्द्धनको सम्बन्धमा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने,

(ड) बीमाको पहुँच सबै जनतासम्म पुर्‍याउन बीमा व्यवसाय प्रवर्द्धन सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने,

(ढ) बीमाको पहुँच न्यून आय भएका वर्गका जनतासम्म पुर्‍याउन लघुबीमा व्यवसायको प्रवर्द्धन गर्ने,

(ण) बीमा व्यवसायको नियमन, निरीक्षण, सुपरीवेक्षण तथा विकासका लागि अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय, सहकार्य गर्ने तथा सूचना आदान प्रदान गर्ने,

(त) विदेशी मुलुकका बीमा नियमनकारी निकायका साथै अन्तर्राष्ट्रिय सङ्घ संस्था, बीमा सम्बन्धी अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रम सञ्चालन गर्ने गराउने अन्य सङ्घ संस्थासँग सहकार्य गर्ने,

(थ) बीमा नियमन सम्बन्धी अन्तर्राष्ट्रिय सङ्घ संस्थामा नेपाल सरकार वा प्राधिकरणको तर्फबाट प्रतिनिधित्व गर्ने तथा त्यस्ता संस्थाको सदस्यता प्राप्त गर्ने,

(द) बीमित हित संरक्षण कोषको सञ्चालन तथा अन्य आवश्यक कार्य गर्ने तथा गराउने,

(ध) बीमा सम्बन्धमा प्रदेशसँग समन्वय गर्ने,

(न) बीमा सम्बन्धी नियामक निकायको हैसियतमा गर्नु पर्ने आवश्यक कार्य गर्ने ।

Share this Law

दफा ५ः प्राधिकरणको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.