१७६. कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्धः

Estimated reading: 0 minutes 369 views

(१) कुनै पनि कम्पनीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ को साठी प्रतिशत वा सञ्चित मुनाफा (फ्रि रिजर्भ को शत प्रतिशतले हुने रकममध्ये जुन बढी हुन्छ सो रकमभन्दा बढी हुने गरी कुनै अर्को कम्पनीलाई सापटी दिन वा कुनै अर्को कम्पनीले लिएको ऋणबापत जमानत दिन वा अन्य कम्पनीको धितोपत्रमा लगानी गर्न सक्ने छैन।

तर बैङ्किङ्ग वा वित्तीय कारोबार गर्ने कम्पनी, बीमा कम्पनी, धितोपत्रको खरिद बिक्री गर्ने मूल उद्देश्य भएको कम्पनी, [1]धितोपत्रको खरिद बिक्री गर्ने वा लगानी मात्र गर्ने मूल उद्देश्य भएको कम्पनि बैङ्क वा वित्तीय संस्थाबाट ऋण नलिएको प्राइभेट कम्पनी, भौतिक पूर्वाधार सुविधा (इन्फ्रास्ट्रक्चर फ्यासिलिटि) पुर्‍याउने उद्देश्य भएको कम्पनी तथा मुख्य कम्पनीले आफ्नो पूर्ण स्वामित्व भएको सहायक कम्पनीमा गरेको लगानी, सो कम्पनीलाई दिइएको सापटी र सो कम्पनीले लिएको ऋणबापत दिइएको जमानत तथा यस ऐनअन्तर्गत जारी भएको हकप्रद शेयरमा गरिएको लगानीको सम्बन्धमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) को अधीनमा रही कम्पनीले कुनै अन्य कम्पनीलाई दिएको सापटी, त्यस्तो कम्पनीमा गरेको लगानी वा त्यस्तो कम्पनीले लिएको ऋणबापत दिएको जमानतको सम्बन्धमा तोकिएबमोजिमको विवरण राख्नु पर्नेछ ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

१७६. कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्धः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.