१०३. अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्रः

Estimated reading: 0 minutes 394 views

(१) कम्पनीको प्रबन्धपत्रमा उल्लेख भएको कुनै कुराको आधारमा कम्पनीले अन्य व्यक्तिसँग गरेको कुनै कारोबार अधिकारक्षेत्रविहीन भएको भन्ने कारणबाट मात्र त्यस्तो कारोबार अबैध वा अमान्य हुने छैन ।

(२) कम्पनीको प्रबन्धपत्रमा निर्धारित अधिकारक्षेत्रको सीमाभित्र रही त्यस्तो कारोबार गर्नु प्रत्येक सञ्चालक तथा पदाधिकारीको कर्तव्य हुनेछ ।

(३) उपदफा (१) मा उल्लिखित अवस्थाबाहेक कुनै सञ्चालकले आफूलाई प्राप्त अख्तियारीभन्दा बाहिर गई गरेको काम कारोबार कम्पनीको साधारण सभाद्वारा विशेष प्रस्ताव पारित गरी अनुमोदन गर्न सकिनेछ ।

(४) उपदफा (३) बमोजिम विशेष प्रस्तावद्वारा कुनै काम कारबाही अनुमोदन भएको कारणबाट मात्र कम्पनीको सञ्चालक, पदाधिकारी वा अन्य व्यक्तिले अधिकार क्षेत्र नघाई गरिएका काम कारबाहीबापत यस ऐन अन्तर्गतको दायित्वबाट निजले छूट पाएको मानिने छैन।

Share this Law

१०३. अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्रः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.