६०. कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुनेः

Estimated reading: 0 minutes 407 views

(१) पब्लिक कम्पनीको खुद सम्पत्ति (नेट वर्थ घट्न गई चुक्ता पूँजीको आधा वा सोभन्दा कम हुन आएमा त्यस्तो व्यहोरा जानकारीमा आएको पैँतीस दिनभित्र सञ्चालकहरुले कम्पनी तथा शेयरधनीसमेतको हितका लागि उपयुक्त रणनीति तयार गर्नु पर्नेछ र सो जानकारी भएको लगत्तै पछि बस्ने साधारण सभामा यससम्बन्धी छुट्टै प्रस्ताव राख्नु पर्नेछ ।

तर सो रणनीति कार्यान्वयन गर्न साधारण सभाको स्वीकृति लिनु पर्ने भएमा यथाशीघ्र विशेष साधारण सभा वोलाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम रणनीति तयार नगर्ने, वार्षिक साधारण सभामा प्रस्ताव नराख्ने वा विशेष साधारण सभा नबोलाउने वा जानी जानी त्यस्तो सभा नबोलाइएको स्थिति कायम रहन दिने कम्पनीका सञ्चालकलाई यस ऐनबमोजिम सजाय हुनेछ ।

(३) सञ्चालकले बदनियत चिताई वा द्वेषपूर्ण लापरवाहीको कारणले कम्पनीको खुद सम्पत्ति उपदफा (१) बमोजिम घट्न गएको कुरा ठहरेमा सोको क्षतिपूर्तिसमेत त्यस्तो काम गर्ने सञ्चालकले तिर्नु पर्नेछ ।

Share this Law

६०. कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.