८०. कार्यालयमा वार्षिक साधारण सभाको विवरण पठाउनेः

Estimated reading: 0 minutes 406 views

(१) वार्षिक साधारण सभा गर्ने प्रेत्यक  कम्पनीले वार्षिक साधारण सभा भएको तीस दिनभित्र सो सभामा उपस्थित शेयरधनीहरूको संख्या,  भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधि मार्फत साधारण सभामा उपस्थित हुने सञ्चामकको संख्या, वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन र सो सभाले गरेका निर्णयको एक प्रति कार्यालयमा पठाउनु पर्नेछ ।

(२) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक प्रत्येक प्राइभेट कम्पनीले आफ्नो आर्थिक वर्ष पूरा भएको छ महिनाभित्र लेखापरीक्षकद्वारा प्रमाणित गरिएको वार्षिक आर्थिक विवरणको एक प्रति कार्यालयमा पेश गर्नु पर्नेछ ।

(३) कमपनीले यस ऐन बमोजिम कार्यालयमा पेश गर्नुपर्ने विवरण तथा कागजातहरू विद्युतीय माध्यमाबाटै कम्प्युटर प्रणालीमा अपलोड गरी पेश गर्न सक्नेछ। यसरी पेश भएका विवरणलाई कार्यालयले सम्बन्धित कम्पनीको विद्युतीय अभिलेखमा सुरक्षित राख्नु पर्नेछ।

Share this Law

८०. कार्यालयमा वार्षिक साधारण सभाको विवरण पठाउनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.