९२. सञ्चालकहरूले जानकारी गराउनु पर्नेः

Estimated reading: 1 minute 409 views

(१) सञ्चालकले आफु सञ्चालकको पदमा बहाल [1]प्रन्ध गरेको सात दिनभित्र देहायका कुराको लिखित जानकारी कम्पनीलाई गराउनु पर्नेछः-

(क) कम्पनीको कारोबारसँग सम्बन्धित कुनै प्रकारको खरिद बिक्री वा अन्य प्रकारको ठेक्का पट्टामा आफु  वा आफ्नो नजिकको नातेदारको प्रत्यक्ष संलग्नता भएमा वा कुनै किसिमको निजी स्वार्थ भएमा,

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “प्रत्यक्ष संलग्नता” भन्नाले सञ्चालक वा निजको नजिकको नातेदार संस्थापक रहेको वा दश प्रतिशतभन्दा बढी शेयर लिएको कम्पनी वा प्राइभेट फर्म वा साझेदारी फर्म वा त्यस्तो कारोबारमा संलग्न कम्पनीको सञ्चालक रहेको अवस्थासमेतलाई सम्झनु पर्छ ।

(ख) कम्पनीको प्रबन्ध सञ्चालक, कम्पनी सचिव, पदाधिकारीको नियुक्तिको सम्बन्धमा कुनै प्रकारको स्वार्थ भएमा,

(ग) अन्य कुनै कम्पनीको सञ्चालक रहेमा,

(घ) कम्पनी वा त्यस्तो कम्पनीको मुख्य वा सहायक कम्पनीको शेयर वा डिबेञ्चरको कारोबार गरेको भएमा त्यस्तो कारोबारको विषयमा ।

(२) उपदफा (१) बमोजिम जानकारी गराउँदा कम्पनी र सञ्चालक वा निजको नजिकको नातेदार बीचमा कुनै लिखित सम्झौता भएकोमा त्यस्तो सम्झौताको प्रतिलिपि पेश गर्नु पर्नेछ र त्यस्तो सम्झौता नभएमा कारोबार वा स्वार्थ वा संलग्नतासँग सम्बन्धित मुख्य र आवश्यक कुरा खुलाइएको हुनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको जानकारी कम्पनीले प्राप्त गरेको सात दिनभित्र कार्यालयमा पेश गर्नु पर्नेछ र कार्यालयले त्यस्तो जानकारी प्राप्त गरेपछि सो प्रयोजनको लागि खडा गरेको छुट्टै दर्ताकिताबमा अभिलेख गरी राख्नु पर्नेछ ।

(४) कुनै सञ्चालकको सम्बन्धित कम्पनी वा सो कम्पनीको सहायक कम्पनीसँग भएको वा हुने कुनै किसिमको ठेक्का, पट्टा, कारोबार वा सम्झौतामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ गाँसिएको भए वा स्वार्थ गाँसिने कुरा जानकारीमा आए निजले त्यस्तो स्वार्थको हद र सोको किसिमसमेत खुलाई सो सम्बन्धमा यथाशीघ्र कम्पनीलाई जानकारी दिनु पर्नेछ ।

(५) कुनै सञ्चालकले कुनै निश्चित व्यक्तिसँगको कारोबारमा आफ्नो निजी स्वार्थ रहेको कुरा मानियोस् भनी कम्पनीलाई लिखित जानकारी दिएमा त्यस्तो व्यक्तिसँग हुने कारोबार वा करारका सम्बन्धमा निजले आफ्नो निजी स्वार्थको बारेमा जानकारी दिएको मानिनेछ ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

९२. सञ्चालकहरूले जानकारी गराउनु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.