१७. संस्थापनापूर्व करारः

Estimated reading: 1 minute 461 views

(१) कम्पनी संस्थापना हुनुभन्दा अघि गरेको करार प्रस्तावित करार मात्र हुनेछ र त्यस्तो करार कम्पनीका लागि बन्धनकारी हुने छैन ।

(२) कम्पनी संस्थापना हुनु अगावै कुनै व्यक्तिले कम्पनीको तर्फबाट कुनै कारोबार गरेमा वा सापटी लिएमा त्यसरी गरिएको कारोबारसँग सम्बन्धित करारप्रति उपदफा (३) को अधीनमा रही त्यस्तो व्यक्तिले व्यक्तिगत रुपमा जिम्मेवारी बहन गर्नु पर्नेछ ।

(३) कुनै कारोबारमा उल्लिखित समयभित्र वा कम्पनी संस्थापना भईसकेपछि मनासिब समयभित्र कम्पनीको काम कारबाही, व्यवहार वा आचरणबाट आपूmले कारोबार शुरु गर्ने अधिकार प्राप्त गरेको मितिभन्दा अघि भएका काम कारबाही वा लिएको सापटीलाई स्वीकार गरेमा वा त्यस्तो काम कारबाहीप्रति सहमति जनाउमा सो कारोबार कम्पनी तथा करारको अर्को पक्षको लागि बाध्यात्मक हुनेछ र कम्पनीको तर्फबाट त्यस्तो काम कारबाही गर्ने व्यक्तिले उपदफा (२) बमोजिम व्यहोर्नु पर्ने व्यक्तिगत दायित्वबाट छुट प्राप्त गर्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राइभेट कम्पनी संस्थापना हुनु अगावै भएका करारका सम्बन्धमा त्यस्तो कम्पनीको सर्वसम्मत सम्झौतामा लेखिएबमोजिम हुनेछ ।

Share this Law

१७. संस्थापनापूर्व करारः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.