८६. सञ्चालक समिति र सञ्चालकको संख्याः

Estimated reading: 1 minute 478 views

(१) प्राइभेट कम्पनीको सञ्चालकहरूको नियुक्ति र निजहरुको संख्या नियमावलीमा व्यवस्था गरिएबमोजिम हुनेछ ।

[1]तर सञ्चालनहरूको संख्या एघारजना भन्दा बढी हुने छैन।

(२) प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा तीनजना र बढीमा एघारजनासम्म सञ्चालक भएको सञ्चालक समिति रहनेछ ।[2]महिला शेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एकजना महिला सञ्चालक हुनुपर्ने छ।

(३) उपदफा (२) बमोजिम सञ्चालक समिति गठन हुँदा कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बन्धित कम्पनीको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिहरुमध्ये सातजनासम्म सञ्चालक भए कम्तीमा एकजना र सातजनाभन्दा बढी सञ्चालक भएमा कम्तीमा दुईजना व्यक्तिलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गर्नु पर्नेछ ।

(४) सञ्चालकहरूले आपूmमध्येबाट छानेको कुनै एकजना सञ्चालक सञ्चालक समितिको अध्यक्ष हुनेछ ।

[1] पहिलो संशोधनद्वारा थप।

[2] पहिलो संशोधनद्वारा थप।

Share this Law

८६. सञ्चालक समिति र सञ्चालकको संख्याः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.