७४. छलफल र निर्णयः

Estimated reading: 1 minute 428 views

(१) साधारण सभाको अध्यक्षता सञ्चालक समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सञ्चालकहरुले आपूmमध्येबाट मनोनीत गरेको व्यक्तिले गर्नेछ ।

(२) साधारण सभामा छलफल गरिने सबै विषयहरू प्रस्तावको रुपमा पेश गर्नु पर्नेछ । प्रस्ताव पारित भए वा नभएको कुरा सो सभाको अध्यक्षले घोषणा गर्नु पर्नेछ ।

(३) मतदान गरिएको प्रत्येक विषयमा सभाको बहुमत शेयरधनीको रायलाई सो सभाको निर्णय मानिनेछ । त्यस्तो राय लिंदा अध्यक्षले हात उठाउन लगाई, ध्वनीमत, शेयरधनीहरुको समूह विभाजन, मतपत्रको प्रयोगलगायत अन्य उपयुक्त प्रक्रिया अवलम्बन गर्न सक्नेछ ।

तर विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरूमध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिनेछ ।

(४) साधारण सभामा पक्ष र विपक्षमा मत बराबर भएमा सभाको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउनेछ ।

तर शेयरधनीको हैसियतले मतदान गर्ने अधिकारबाट निज वञ्चित हुने छैन ।

Share this Law

७४. छलफल र निर्णयः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.