१२२. निरीक्षकको काम, कर्तव्य र अधिकारः

Estimated reading: 1 minute 381 views

(१) दफा १२१ बमोजिम खटिएको वा नियुक्त भएको निरीक्षकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-

(क) जाँचबुझ गर्ने क्रममा आपूmले उपयुक्त ठानेका कम्पनीका वर्तमान वा पूर्व पदाधिकारी वा शेयरधनी वा जाँचबुझ गर्नु पर्ने विषयसँग सम्बद्ध जानकारी छ भनी ठानिएका अन्य व्यक्तिलाई आपूmसमक्ष उपस्थित गराई बयान लिने, आवश्यक जानकारी प्राप्त गर्ने वा अन्य मनासिब सहयोग प्राप्त गर्ने,

(ख) जाँचबुझको लागि सान्दर्भिक कागजातहरु निरीक्षण गर्ने वा अन्य कुनै चीज बस्तु कब्जा वा नियन्त्रणमा राख्ने वा कुनै सम्बन्धित व्यक्तिबाट त्यस्तो कागजात वा चीज बस्तु आफू समक्ष दाखिल गराउन लगाउने वा त्यस्तो कागजात आफ्नो नियन्त्रणमा लिने,

(ग) कम्पनीको लेखा ठीकसँग राखेको वा नराखेको जाँच्ने वा जाँच्न लगाउने ।

(२) यस परिच्छेदबमोजिम जाँचबुझको क्रममा कुनै व्यक्तिले निरीक्षकसमक्ष व्यक्त गरेको कुरा वा दिएको वयान प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि निजको विरुद्ध प्रमाणको रुपमा ग्राह्रय हुनेछ ।

Share this Law

१२२. निरीक्षकको काम, कर्तव्य र अधिकारः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.