६. कम्पनी दर्ता गर्न इन्कार गर्न सकिनेः

Estimated reading: 1 minute 486 views

(१) देहायको कुनै अवस्थामा कार्यालयले कम्पनी दर्ता गर्न इन्कार गर्न सक्नेछः-

[1](क) प्रस्तावित कम्पनीको नामअघि दर्ता भई कायम रहेको कुनै कम्पनीको नाम वा ट्रेडमार्कको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्ने गरी त्यस्तो कम्पनीको नाम वा ट्रेडमार्कको नामसँग मिल्दोजुल्दो हुने भएमा,

 (ख) प्रस्तावित कम्पनीको नाम वा उद्देश्य प्रचलित कानूनविपरीत भएमा वा सार्वजनिक हित, नैतिकता, सदाचार, शिष्टाचार आदि कुनै दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छनीय देखिएमा वा फौजदारी कार्यको आशय झल्कने देखिएमा,

(ग) प्रस्तावित कम्पनीको नाम यस ऐनबमोजिम दर्ता खारेजीमा परेको वा प्रचलित कानूनबमोजिम दामासाहीमा परेको कम्पनीको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्ने गरी मिल्दोजुल्दो हुने भएमा र त्यसरी दर्ता खारेजीमा परेको वा दामासाहीमा परेको अवधि पाँच वर्ष पूरा भइनसकेको भएमा,

(घ) यस ऐनबमोजिम कम्पनी संस्थापना हुनको निमित्त आवश्यक शर्तहरू पूरा नभएमा ।

(२) उपदफा (१) मा उल्लिखित कुनै अवस्था परी कार्यालयले कुनै कम्पनी दर्ता गर्न इन्कार गरेकोमा सोको कारणसहितको सूचना दफा ४ बमोजिम कम्पनी संस्थापना गर्नको लागि निवेदन परेको मितिले पन्ध्र दिनभित्र निवेदकलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम कार्यालयले कुनै कम्पनी दर्ता गर्न इन्कार गरेमा वा उपदफा (२) बमोजिम सूचना नदिएमा चित्त नबुझ्ने व्यक्तिले पन्ध्र दिनभित्र अदालतमा उजुर गर्न सक्नेछ ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

६. कम्पनी दर्ता गर्न इन्कार गर्न सकिनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.