४२. शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेः

Estimated reading: 0 minutes 429 views

(१) यस ऐन, प्रबन्धपत्र र नियमावलीका अधीनमा रही कम्पनीको शेयर वा डिबेञ्चर चल सम्पत्तिसरह बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य कुनै कम्पनीबाट ऋण नलिएको प्राइभेट कम्पनीबाहेक अन्य कम्पनीको संस्थापकले कम्पनीको प्रथम साधारण सभा नभएसम्म र निजको नाममा जारी भएको शेयरको माग रकम पूरा चुक्ता नगरेसम्म आफूले लिएको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन ।

(३) उपदफा (१) बमोजिम शेयर वा डिबेञ्चर धितोबन्धक दिएकोमा सो व्यहोरा दर्ताकिताबमा जनाउनको निमित्त धितोबन्धक लिनेले तोकिएबमोजिमको ढाँचामा तोकिएको दस्तुरसहित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । त्यसरी दिइने निवेदनसाथ निवेदकले धितोबन्धकसँग सम्बन्धित लिखत र शेयर वा डिबेञ्चरको प्रमाणपत्रसमेत पेश गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम निवेदन परेमा कम्पनीले त्यसरी शेयर वा डिबेञ्चर धितोबन्धक दिए लिएको व्यहोरा दर्ताकिताबमा जनाउनु पर्नेछ र त्यसरी धितोबन्धक राखेको शेयर वा डिबेञ्चर निखनेको जनाउ पाएपछि त्यस्तो धितो बन्धकीको लगत दर्ता किताबबाट कट्टा गर्नु पर्नेछ ।

Share this Law

४२. शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.