१४. पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुनेः

Estimated reading: 1 minute 484 views

(१) देहायको अवस्थामा कुनै पब्लिक कम्पनी यस दफाबमोजिम प्राइभेट कम्पनीमा परिणत हुनेछः-

(क) कुनै पब्लिक कम्पनीको शेयरधनीको संख्या सातजनाभन्दा कम भएमा,

(ख) पब्लिक कम्पनीले दफा ११ बमोजिम आफ्नो चुक्ता पूँजी कायम गर्न नसकेमा वा दफा ५७ बमोजिम पूँजी घटाएको कारणले दफा ११ बमोजिमको चुक्ता पूँजी कायम नरहेमा ।

तर दफा ११ को उपदफा (२) बमोजिमको कम्पनीको हकमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) बमोजिमको अवस्था परेमा सम्बन्धित पब्लिक कम्पनीले छ महिनाभित्र आफ्नो प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरी प्राइभेट कम्पनीमा परिणत गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम संशोधन भएको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि संलग्न राखी सम्बन्धित पब्लिक कम्पनीले प्राइभेट कम्पनीमा परिणत हुनको लागि त्यसरी संशोधन भएको तीस दिनभित्र कार्यालयसमक्ष तोकिएबमोजिमको दस्तुरसहित तोकिएबमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम कार्यालयसमक्ष निवेदन प्राप्त हुन आएमा कम्पनी दर्ताकिताबमा त्यस्तो कम्पनीलाई प्राइभेट कम्पनीमा परिणत गरेको व्यहोरा जनाई साठी दिनभित्र तोकिएबमोजिम प्राइभेट कम्पनीमा परिणत भएको प्रमाणपत्र दिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत भएमा त्यसरी परिणत हुने पब्लिक कम्पनीको सबै सम्पत्ति तथा दायित्वहरू पछिल्लो कम्पनीमा सर्नेछ ।

Share this Law

१४. पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.