१६. रजिष्ट्रारको काम र कर्तव्यः

Estimated reading: 0 minutes 462 views

(१) यस ऐनको कार्यान्वयन तथा कम्पनीको प्रशासन गर्ने कर्तव्य रजिष्ट्रारको हुनेछ ।

(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल नहुने गरी यस ऐनको कार्यान्वयन तथा कम्पनीको प्रशासनसम्बन्धी कार्य प्रभावकारी वा व्यवस्थित रुपमा सम्पादन गर्नको लागि रजिष्ट्रारले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ र सो निर्देशिकाको पालना गर्नु गराउनु प्रत्येक कम्पनी तथा पदाधिकारीको कर्तव्य हुनेछ ।

(३) उपदफा (२) बमोजिम जारी भएको निर्देशिका सर्वसाधारणलाई उपलब्ध हुन सक्ने गरी प्रकाशन गर्नु पर्नेछ ।

(४) रजिष्ट्रारले यस ऐन अनुसार आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार [1]कार्यालयको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नियमनकारी निकायले प्रचलित कानूनबमोजिम कुनै कम्पनीलाई दिएको निर्देशन वा त्यस्तो कम्पनीका सम्बन्धमा सो निकायले प्रचलित कानूनबमोजिम प्रयोग गर्ने अख्तियारीलाई यस दफाले सीमित गरेको मानिने छैन ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

१६. रजिष्ट्रारको काम र कर्तव्यः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.