९६. प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापनः

Estimated reading: 0 minutes 397 views

(१) नियमावलीको अधीनमा रही सञ्चालकहरूले आफूमध्येबाट एकजनालाई प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्नेछन् ।

(२) प्रबन्ध सञ्चालकको काम, कर्तव्य र अधिकार नियमावलीमा लेखिएबमोजिम वा सञ्चालक समितिले तोकेबमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिम नियुक्त प्रबन्ध सञ्चालक वा कम्पनीको व्यवस्थापनको जिम्मेवारी लिने अन्य सञ्चालकलाई कम्पनीमा नियुक्त गर्दा नियुक्तिको शर्त, पारिश्रमिक तथा सुविधा निर्धारण गरी लिखित सम्झौता गर्नु पर्नेछ र त्यस्तो सम्झौतामा उल्लिखित पारिश्रमिक तथा सुविधा र साधारण सभाले निर्धारण गरे अनुसार पाउने अन्य सुविधाबाहेक अन्य कुनै सुविधा दिन वा भुक्तानी गर्न पाइने छैन ।

(४) उपदफा (३) बमोजिमको सम्झौताको अवधि एकपटकमा चार वर्षभन्दा बढी हुने छैन।

(५) सञ्चालकहरूसँग भएको उपदफा (३) बमोजिमको सम्झौता शेयरधनीहरूले निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउनु पर्नेछ ।

(६) कुनै एक सूचीकृत कम्पनीबाट बैठक भत्ताबाहेक नियमित पारिश्रमिक वा सुविधा प्राप्त गरिरहेको सञ्चालकलाई नियमित पारिश्रमिक वा सुविधा पाउने गरी अर्को सूचीकृत कम्पनीमा प्रबन्ध सञ्चालकको पदमा नियुक्त गर्न सकिने छैन ।

Share this Law

९६. प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापनः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.