१५६. विदेशी कम्पनीको हिसाबकिताब, लेखापरीक्षण र वार्षिक प्रतिवेदनः

Estimated reading: 0 minutes 406 views

(१) दफा १५४ बमोजिम दर्ता भएको प्रत्येक विदेशी कम्पनीले यस ऐन अन्तर्गत संस्थापित कम्पनीसरह नेपाल राज्यभित्रको कारोबारको वास्तविक स्थिति देखिने गरी वासलात तथा नाफा नोक्सानको हिसाबसहितको वार्षिक आर्थिक विवरण तयार गरी लेखापरीक्षण गराई आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।

(२) विदेशी कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालय रहेको मुलुकको कानून अनुसार प्रत्येक आर्थिक वर्षको लागि तयार पारिएको वार्षिक आर्थिक विवरण, लेखापरीक्षणको प्रतिवेदन तथा सञ्चालक समितिको प्रतिवेदन अन्तिम रुपमा तयार भएको मितिले तीन महिनाभित्र सोको प्रतिलिपि कार्यालयमा पेश गर्नु पर्नेछ ।

(३) विदेशी कम्पनीले उपदफा (१) बमोजिम वार्षिक आर्थिक विवरण तयार गर्दा देहायका विवरणहरुसमेत समावेश गर्नुु पर्नेछः

(क) विदेशी कम्पनीको नाममा नेपाल राज्यभित्र रहेको स्थिर, चालू तथा अन्य सम्पत्तिलाई छुट्टाछुट्टै देखिने गरी वर्गीकरण गरी तयार पारिएको विवरण,

(ख) विदेशी कम्पनीको नाममा नेपाल स्थित बैङ्क तथा वित्तीय संस्थामा रहेको नगद रकमको स्पष्ट विवरण,

(ग) विदेशी कम्पनीले नेपाल स्थित बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा ओभर ड्राफ्टको रकम भए सोसम्बन्धी विवरण,

(घ) विदेशी कम्पनीले नेपालको कुनै बासिन्दा व्यक्ति वा यस ऐन अन्तर्गत दर्ता भएको नेपाली कम्पनीलाई बुझाउनु पर्ने ऋण तथा दायित्व भए सोको कुल रकम।

(४) उपदफा (२) बमोजिम कार्यालयमा पेश गर्नु पर्ने प्रतिवेदन तथा विवरण र संलग्न हुनु पर्ने कागजात नेपाली वा अंग्रेजी भाषाबाहेक अन्य भाषामा लेखिएको भए सोको आधिकारिक नेपाली वा अंग्रेजी भाषाको अनुवादको प्रतिसमेत संलग्न गर्नु पर्नेछ ।

(५) दफा १५४ बमोजिम नेपालमा सम्पर्क कार्यालय दर्ता गराएको विदेशी कम्पनीले त्यस्तो कार्यालयमा कार्यरत कर्मचारी, सल्लाहकार वा सम्पर्क व्यक्ति तथा निजहरुलाई भुक्तानी गरिएको तलब, भत्ता तथा रकमहरुको विवरण, त्यसरी दिएको भुक्तानीमा प्रचलित कानून अनुसार कर कट्टी गरेको विवरण र त्यस्तो कार्यालय सञ्चालनका लागि भुक्तानी गरिएको वहाल तथा खर्चहरुको भुक्तानी तथा त्यसरी दिएको भुक्तानीमा प्रचलित कानून अनुसार कर कट्टा गरेको विवरण लेखापरीक्षकबाट प्रमाणित गराई आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।

Share this Law

१५६. विदेशी कम्पनीको हिसाबकिताब, लेखापरीक्षण र वार्षिक प्रतिवेदनः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.