१६१. पचास हजार रुपैयाँसम्म जरिबाना हुनेः

Estimated reading: 1 minute 366 views

देहायका कसूर गर्ने व्यक्तिलाई दश हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछः-

(क) यस ऐनको व्यवस्था उल्लंघन गरी शेयर बाँडफाँड गरेमा सो गर्ने पदाधिकारी वा व्यक्तिलाई,

(ख) यस ऐनविरुद्ध कम्पनीको मौज्दात पूँजीबाट सोही कम्पनीले आफ्नो वा आफ्नो मुख्य कम्पनीको शेयर खरिद गरेमा वा यस ऐनविपरीत लगानी गरेमा त्यस्तो कम्पनीको प्रत्येक सञ्चालकलाई,

(ग) लेखापरीक्षकले खोजेको बखत निजलाई हिसाबकिताब नदेखाएमा वा नदिएमा सो देखाउनु वा दिनु पर्ने कर्तव्य भएका पदाधिकारी वा व्यक्तिलाई,

(घ) ऐनमा तोकिएबमोजिमको प्रतिवेदन प्रस्तुत नगर्ने लेखापरीक्षकलाई,

(ङ) दफा १७२ को उपदफा (३) बमोजिमको व्यवस्था नमिलाउने कम्पनीको सञ्चालक, व्यवस्थापक तथा पदाधिकारीलाई,

(च) दफा १४६ वा १४७ को व्यवस्था उल्लंघन गर्ने वा यस ऐन अनुसार राख्नु पर्ने अभिलेख, किताब वा विवरण नराख्ने सञ्चालक तथा पदाधिकारीलाई,

(छ) परिच्छेद१८ मा गरिएको व्यवस्थाको विपरीत कार्य गर्ने वा उक्त परिच्छेदमा निर्धारित कर्तव्य तथा दायित्व पूरा नगर्ने कम्पनी, सञ्चालक, लेखापरीक्षक, पदाधिकारी तथा कर्मचारीलाई,

(ज) यस ऐनबमोजिम बोलाउनु पर्ने साधारण सभा वा सञ्चालक समितिको बैठक नबोलाएमा वा साधारण सभा वा सञ्चालक समितिको बैठकको सूचना नपठाएमा वा साधारण सभा हुनुभन्दा अगावै शेयरधनीहरूलाई उपलब्ध गराउनु पर्ने लिखतहरू तयार नराखेमा वा सभामा प्रस्तुत गर्नु पर्ने कागजपत्र प्रस्तुत नगरेमा सो राख्नु वा गर्नु पर्ने वा सभा बोलाउनु पर्ने वा सूचना पठाउनु पर्ने कर्तव्य भएका सञ्चालक, पदाधिकारी वा व्यक्तिलाई ।

(झ) दफा ७५ को उपदफा (१) र दफा ९७ को उपदफा (७) बमोजिमको निर्णय अभिलेखमा वा यस ऐनबमोजिम तयार गर्नु पर्ने र कम्पनी वा कार्यालयमा पेश गर्नु पर्ने अन्य विवरण वा प्रतिवेदनमा वा उपलब्ध गराउनु पर्ने सूचना वा जानकारीमा नभए नगरेको कुरालाई भए गरेको भनी र भए गरेको कुरालाई नभए नगरेको भनी झुट्टा लिखत वा कागजात व्यहोरा उल्लेख गर्ने पदाधिकारीलाई ।

(ञ) दफा १२६ को उपदफा (२) बमोजिम सञ्चालकहरुले गरेको उद्घोषण झुट्टा ठहरेमा त्यस्तो झुट्टा उद्घोषण गर्ने सञ्चालकलाई,

(ट) यस ऐनबमोजिम विदेशी कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने लिखत वा कागजातको झुट्टो वा गलत अनुवाद गर्ने वा त्यसलाई प्रमाणित गर्ने व्यक्तिलाई।

Share this Law

१६१. पचास हजार रुपैयाँसम्म जरिबाना हुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.