१११. लेखापरीक्षकको नियुक्तिः

Estimated reading: 1 minute 411 views

(१) कम्पनीको लेखापरीक्षक प्रचलित कानूनबमोजिम लेखा परीक्षण गर्न इजाजतपत्र प्राप्त लेखापरीक्षकहरूमध्येबाट पब्लिक कम्पनीको हकमा परिच्छेद- १८ को अधीनमा रही साधारण सभाले र प्राइभेट कम्पनीको हकमा प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा व्यवस्था भएबमोजिम र सो नभएमा साधारण सभाले नियुक्त गर्नु पर्नेछ र त्यसरी नियुक्त भएको मितिले पन्ध्र दिनभित्र निजको नाम कार्यालयमा पठाउनु पर्नेछ ।

तर प्रथम वार्षिक साधारण सभा हुनुभन्दा अघि सञ्चालक समितिले लेखापरीक्षक नियुक्त गर्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षक त्यसपछि बस्ने वार्षिक साधारण सभासम्म मात्र बहाल रहनेछ ।

(३) पब्लिक कम्पनीको लेखापरीक्षण गर्न एउटै लेखापरीक्षक, निजको साझेदार वा पूर्व साझेदार वा कर्मचारी वा भूतपूर्व कर्मचारीलाई लगातार तीनपटकभन्दा बढी लेखापरीक्षक नियुक्त गर्न सकिने छैन ।

तर तीन वर्ष पहिले नै साझेदारीबाट अलग हुने साझेदार वा त्यस्तो लेखापरीक्षकको सेवाबाट अलग भएको कर्मचारीको हकमा यो प्रतिबन्ध लागू हुने छैन ।

Share this Law

१११. लेखापरीक्षकको नियुक्तिः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.