१२०. कार्यालयले कैफियत तलब गर्न सक्नेः

Estimated reading: 0 minutes 340 views

(१) कम्पनीबाट पेश भएको कागजातहरूबाट कुनै कुरा नखुलेको अवस्थामा त्यस्तो व्यहोरा खुलाउन वा कुनै कुराको कैफियत तलब गर्नु परेमा कार्यालयले उचित म्याद तोकी कम्पनीलाई कैफियत तलब गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कैफियत तलब गरिएका कुराहरूमा कम्पनीको व्यवस्थापनले उचित जवाफ सोही म्यादभित्र पठाउनु पर्नेछ ।

(३) कैफियत तलबको सिलसिलामा कम्पनीको काम कारबाहीमा कुनै अनियमितता देखिएमा सो नियमित गर्न गराउन कार्यालयले कम्पनीलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु कम्पनीको कर्तव्य हुनेछ ।

Share this Law

१२०. कार्यालयले कैफियत तलब गर्न सक्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.