९८. सञ्चालक समितिको बैठकको सूचनाः

Estimated reading: 0 minutes 338 views

(१) कम्पनीको नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कम्पनीको सञ्चालक समितिको बैठक कम्पनी सचिव वा समितिको अध्यक्ष वा कम्पनीका कार्यकारी प्रमुखले बोलाउनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालकको कुल संख्याको कम्तीमा पच्चीस प्रतिशत सञ्चालकले बैठकमा छलफल गर्नु पर्ने विषय खोली लिखित रुपमा सञ्चालक समितिको बैठक वोलाउन माग गरेमा त्यस्तो माग प्राप्त भएको [1]पन्ध्र दिनभित्र त्यस्तो बैठक बस्ने गरी अध्यक्षले समितिको बैठक बोलाउनु पर्नेछ । सो अवधिभित्र सञ्चालक समितिको बैठक नबोलाएमा त्यस्तो माग गर्ने सम्बन्धित सञ्चालक आफैले सञ्चालक समितिको बैठक बोलाउन सक्नेछ ।

(३) सञ्चालक समितिको बैठकको सूचनाको बारेमा कम्पनीको नियमावलीमा कुनै व्यवस्था गरिएको भए सोही अनुसार हुनेछ । त्यस्तो व्यवस्था नगरिएकोमा सञ्चालक समितिको बैठकको सूचना तथा छलफलको विषय प्रत्येक सञ्चालकलाई निजले कम्पनीलाई उपलब्ध गराएको ठेगानामा लिखित रुपमा पठाउनु पर्नेछ र त्यस्तो सूचना विद्युतीय सञ्चार माध्यमबाट पनि दिन सकिनेछ ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

९८. सञ्चालक समितिको बैठकको सूचनाः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.