परिच्छेद-६ सञ्चालक समिति

९३. सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबारः

Estimated reading: 0 minutes 124 views

(१) यस दफामा अन्यथा लेखिएकोमा बाहेक कुनै पब्लिक कम्पनीले साधारण सभाको स्वीकृति बिना आफ्नो कुनै सञ्चालक वा निजको नजिकको नातेदार वा आधारभूत शेयरधनी वा [1]सञ्चालक, सञ्चालकको नजिकको नातेदार वा आधारभूत शेयरधनीको आधारभूत शेयर स्वामित्व भएको अन्य कुनै फर्म, कम्पनी वा अन्य संगठित वा आफ्नो मुख्य कम्पनीको साधारण सभाको स्वीकृतिबिना सहायक कम्पनीले मुख्य कम्पनीको सञ्चालक वा निजको नजिकको नातेदार वा आधारभूत शेयरधनीसँग अर्थपूर्ण कारोबार गर्न सक्ने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “अर्थपूर्ण कारोबार” भन्नाले कारोबार गर्दाको अवस्थामा एक लाख रुपैयाँ वा कम्पनीको कुल सम्पत्तिको पाँच प्रतिशतमध्ये जुन कम हुन्छ सोभन्दा बढी मूल्य पर्ने कुनै वस्तु वा सेवा खरिद, बिक्री, लेनदेन गर्ने, ठेक्का पट्टासम्बन्धी कारोबार सम्झनु पर्छ र सो शब्दले वार्षिक एकलाख बीस हजार वा सोभन्दा बढीको बहालसम्बन्धी कारोबारसमेतलाई जनाउँछ ।

(२) उपदफा (१) को प्रतिकूल हुने गरी कुनै कारोबार भएकोमा त्यस्तो कारोबारबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राप्त गरेको कुनै रकम वा लाभ कम्पनीलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो कारोबारबाट कम्पनीलाई कुनै हानि नोक्सानी भएको रहेछ भने सोसमेत त्यस्तो कारोबारबाट लाभ लिने व्यक्तिले क्षतिपूर्ति तिर्नु पर्नेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायबमोजिम प्राप्त गरिएको जिन्सी सम्पत्तिका सम्बन्धमा उपदफा (१) को व्यवस्था लागू हुने छैन ः–

(क) मुख्य कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीबाट त्यस्तो सम्पत्ति प्राप्त गर्दा,

(ख) मुख्य कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले सोही मुख्य कम्पनीको पूर्ण स्वामित्वमा रहेको अर्काे सहायक कम्पनीबाट त्यस्तो सम्पत्ति प्राप्त गर्दा,

(ग) कम्पनीको नियमित व्यावसायिक कारोबारको सिलसिलामा प्रचलित बजार मूल्यमा कारोबार गर्दा ।

[1] पहिलो संशोधनद्वारा थप।

Share this Law

९३. सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबारः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.