९१. सञ्चालकहरूको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादिः

Estimated reading: 0 minutes 344 views

(१) सञ्चालकहरूले बैठकमा उपस्थित भएबापत पाउने बैठक भत्ता, मासिक पारिश्रमिक, दैनिक भत्ता तथा भ्रमण खर्च वा अन्य सुविधा साधारण सभाले निर्धारण गरेबमोजिम हुनेछ ।

(२) कुनै कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी कम्पनीमा पूरा समय काम गर्ने सञ्चालकहरूलाई प्रोत्साहन दिन कम्पनीले तिर्नु पर्ने आयकर तिरिसकेपछि बाँकी रहेको मुनाफाको तीन प्रतिशतमा नबढाई पुरस्कार दिन सक्नेछ ।

तर प्रचलित कानून अनुसार अन्तिम रुपमा आयकर निर्धारण हुँदा कम्पनीले थप आयकर तिर्नु पर्ने भएमा कम्पनीले त्यस्तो थप करको रकम पुरस्कार प्राप्त गर्ने सञ्चालकहरुबाट निजहरुले पुरस्कारबापत प्राप्त गरेको रकमको हदसम्म समानुपातिक रुपमा असूलउपर गरी लिनु पर्नेछ ।

(३) प्रथम साधारण सभा नभएसम्मको लागि प्रबन्ध सञ्चालक वा कम्पनीमा पूरा समय काम गर्ने अन्य सञ्चालकको पारिश्रमिक तथा सुविधा सञ्चालक समितिले निर्धारण गर्न सक्नेछ ।

(४) कम्पनीको साधारण सभाले स्वीकृति प्रदान गरेको अवस्थामा बाहेक सूचीकृत कम्पनीको कुनै सञ्चालक आफ्नो पदबाट मुक्त भएमा वा अवकाश प्राप्त गरेमा निजलाई कम्पनीले सो कुराको क्षतिपूर्तिबापत कुनै पनि किसिमको भुक्तानी गर्नु हुँदैन ।

Share this Law

९१. सञ्चालकहरूको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादिः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.