९०. सञ्चालकहरूको कार्यकालः

Estimated reading: 0 minutes 358 views

(१) प्राइभेट कम्पनीको सञ्चालकको कार्यकाल नियमावलीमा व्यवस्था भएबमोजिम हुनेछ ।

(२) पब्लिक कम्पनीको सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भएबमोजिम बढीमा चार वर्षको हुन सक्नेछ ।

तर,

    (१) नेपाल सरकार वा संगठित संस्थाद्वारा नियुक्त सञ्चालक नेपाल सरकार वा नियुक्त गर्ने संस्थाको इच्छा अनुसारको अवधिसम्म आफ्नो पदमा बहाल रहनेछ ।

    (२) दफा ८७ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको क्रमसंख्या (१) तथा (२) बमोजिम नियुक्त भएको सञ्चालक वार्षिक साधारण सभा नभएसम्म मात्र आफ्नो पदमा बहाल रहनेछ ।

    (३) कुनै सञ्चालकको कार्यकाल पूरा नहुँदै बीचमा पद रिक्त भई सो पदमा नियुक्त भएको सञ्चालकको कार्यकाल जुन सञ्चालकको पद रिक्त भई नियुक्त भएको हो सो सञ्चालकको बाँकी कार्यकालसम्मको लागि मात्र हुनेछ ।

(३) प्रचलित कानून वा नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एक कार्यकाल समाप्त भई सञ्चालकको पदबाट अवकाश प्राप्त गर्ने व्यक्ति सञ्चालकको पदमा पुनः नियुक्त हुन सक्नेछ ।

Share this Law

९०. सञ्चालकहरूको कार्यकालः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.