परिच्छेद-६ सञ्चालक समिति
८८. सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयरः
कुनै कम्पनीको सञ्चालक नियुक्त हुनको निमित्त सो कम्पनीको नियमावलीमा कुनै शेयर संख्या तोकिएको भए सोबमोजिमको शेयर सञ्चालक हुने व्यक्तिले लिएको हुनु पर्नेछ । त्यसरी नतोकिएकोमा कम्तीमा एक सय शेयर लिएको हुनु पर्नेछ ।
तर दफा ८६ को उपदफा (३) तथा दफा ८७ को उपदफा (२) बमोजिम नियुक्त हुने सञ्चालकले त्यस्तो शेयर लिनु आवश्यक हुने छैन ।