परिच्छेद-६ सञ्चालक समिति
१०७. सञ्चालक तथा कम्पनी सचिवको दर्ता किताबः
(१) प्रत्येक कम्पनीले सञ्चालक तथा कम्पनी सचिव भए निजको एउटा छुट्टै दर्ताकिताब राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम राखिएको दर्ता किताबमा प्रत्येक कम्पनीले आफ्नो सञ्चालक वा सचिवको नाम, थर, ठेगाना, नागरिकता, पेशा, व्यवसाय, सञ्चालक वा सचिव नियुक्त भएको र पदबाट हटेको भए सोको मितिसमेत अभिलेख गरी राख्नु पर्नेछ र सो विवरणमा कुनै कुरा हेरफेर भएमा सोको सूचनासमेत पन्ध्र दिनभित्र कार्यालयमा पठाउनु पर्नेछ ।