१०५. सञ्चालकहरुको अख्तियारीमा प्रतिबन्धः

Estimated reading: 1 minute 316 views

(१) कुनै पब्लिक कम्पनी वा बैङ्क वा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्ने प्राइभेट कम्पनीको सञ्चालक समितिले शेयरधनीहरुको साधारण सभाबाट विशेष प्रस्ताव पारित नगराई देहायको कुनै काम गर्न गराउन पाउने छैनः-

(क) आफूले सञ्चालन गरी आएको एक वा एकभन्दा बढी व्यवसाय (अन्डरटेकिङ्ग) को सत्तरी प्रतिशतभन्दा बढी व्यवसाय बिक्री, दान, बकस, वहाल वा अन्य कुनै तरिकाबाट कसैलाई हक छाडिदिन,

(ख) नियमित व्यावसायिक कारोबारको सिलसिलामा कम्पनीले बैङ्क वा वित्तीय संस्थाबाट छ महिनाभन्दा कम अवधिको लागि लिएको ऋण सुविधाबाहेक आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ को जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिन,

(ग) कम्पनीको कर्मचारी वा आफ्नो व्यवसायको प्रवद्र्धनको लागि दिएको अनुदान, चन्दा, उपहार आदिमा गरिएको खर्चबाहेक एक आर्थिक वर्षमा पचास हजार रुपैयाँ वा कम्पनीको विगत तीन आर्थिक वर्षको सरदर खुद मुनाफाको एक प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ, सो रकमभन्दा बढी रकमको चन्दा, अनुदान वा दान दिन ।

तर,

  (१) चल अचल सम्पत्ति खरिद बिक्रीको मात्र व्यवसाय सञ्चालन गर्ने कम्पनीबाट प्रचलित बजार मूल्य तिरी कम्पनीको कुनै सम्पत्ति वा व्यवसाय खरिद गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति वा व्यवसाय (अन्डरटेकिङ्ग) मा प्राप्त गरेको हक स्वामित्वमा खण्ड (क) को कुनै कुराले असर पार्ने छैन ।

    (२) बैङ्किङ्ग वा वित्तीय कारोबार वा बीमा व्यवसाय गर्ने कम्पनीले आफ्नो नियमित कारोबारको सिलसिलामा सर्वसाधारणबाट निक्षेप वा बीमा शुल्क प्राप्त गर्दा खण्ड (ख) को व्यवस्था लागू हुने छैन ।

(२) उपदफा (१) को प्रयोजनका लागि स्वीकृति प्रदान गर्दा साधारण सभाले उपयुक्त शर्त तोक्न सक्नेछ ।

Share this Law

१०५. सञ्चालकहरुको अख्तियारीमा प्रतिबन्धः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.