परिच्छेद-६ सञ्चालक समिति

१०४. कम्पनीलाई बन्धनकारी हुनेः

Estimated reading: 0 minutes 110 views

[1](१) पदाधिकारी वा कम्पनीको  लागि काम गर्न अख्तियारीप्राप्त व्यक्तिद्वारा भए गरेको काम कारबाही र सही भएको कागजात कम्पनीको लागि मान्य तथा बन्धनकारी हुनेछ ।

(२) कुनै व्यक्तिले असल नियतले कम्पनीसँग कुनै कारोबार गरेकोमा त्यस्तो कारोबार कम्पनीलाई बन्धनकारी हुनेछ र कम्पनीको प्रबन्धपत्र, नियमावली वा कम्पनीद्वारा पारित कुनै पनि प्रस्ताव, कम्पनी र यसको कुनै पनि शेयरधनीबीचमा भएको सम्झौतामा लेखिएको कुनै कुराले त्यस्तो कारोबार गर्न सञ्चालक वा अख्तियार प्राप्त व्यक्तिको अख्तियारमा कुनै सीमा वा बन्देज लगाएको मानिने छैन ।

तर कुनै पदाधिकारीले आफूलाई प्राप्त अख्तियारीभन्दा बढी अख्तियारी प्रयोग गरी उपदफा ( १) वा (२) मा लेखिएको कुनै काम वा कारोबार गरेमा त्यस्तो अख्तियारी साधारण सभाबाट यस ऐनबमोजिम अनुमोदन नभएमा निज व्यक्तिगत रुपमा जिम्मेवार रहनेछ र त्यस्तो काम कारोबारबाट कम्पनीलाई हानि नोक्सानी भएको रहेछ भने सोसमेत कम्पनीले निजबाट भराइ लिन सक्नेछ ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

१०४. कम्पनीलाई बन्धनकारी हुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.