१०१. पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्धः

Estimated reading: 0 minutes 311 views

(१) कम्पनीले आफ्ना पदाधिकारी, आधारभूत शेयरधनी वा [1]मुख्य कम्पनी वा सहायक कम्पनीको पदाधिकारी, आधारभूत शेयरधनी वा निजहरु कसैको नजिकको नातेदारलाई कुनै ऋण वा आर्थिक सहायता प्रदान गर्नु हुँदैन र त्यस्ता पदाधिकारी वा शेयरधनी वा नजिकको नातेदारले अन्यत्र लिएको ऋणको लागि कुनै जमानत दिन वा सुरक्षण प्रदान गर्न हुँदैन ।

तर कम्पनीका कर्मचारीलाई कम्पनीको नियमानुसार दिइने ऋण वा सुविधा वा प्रचलित कानूनले रोक लगाएकोमा बाहेक कुनै बैङ्क वा वित्तीय संस्थाबाट नियमित कारोबारको सिलसिलामा प्रदान गरिने ऋण वा दिइने जमानतको सम्बन्धमा यो व्यवस्था लागू हुने छैन।

(२) यो ऐन प्रारम्भ हुनुअघि उपदफा (१) मा उल्लिखित कुनै व्यक्तिले कम्पनीबाट प्राप्त गरेको कुनै ऋण सम्बत् २०६५ साल आश्विन २२ गतेभित्र चुक्ता गरिसक्नु पर्नेछ ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

१०१. पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्धः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.