८४. शेयरधनीहरूलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्थाः

Estimated reading: 1 minute 327 views

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र बजारमा सूचीकृत भएको कम्पनीले वार्षिक आर्थिक विवरण र सञ्चालकको प्रतिवेदन शेयरधनी वा डिबेञ्चरवालालाई पठाउनु पर्ने छैन ।

तर वार्षिक साधारण सभाको सूचना पठाउँदा प्रत्येक शेयरधनीलाई उपदफा (२) तथा (३) बमोजिम तयार पारिएको संक्षिप्त वार्षिक आर्थिक विवरण पठाउनु पर्नेछ ।

(२) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश अनुसार पठाउनु पर्ने संक्षिप्त आर्थिक विवरण कम्पनीको वार्षिक आर्थिक विवरण तथा सञ्चालकहरूको प्रतिवेदनको आधारमा तयार पार्नु पर्नेछ । त्यस्तो विवरणको ढाँचा प्रचलित कानून अनुसार लेखामान निर्धारण गर्न तोकिएको निकायको सुझाबको आधारमा कार्यालयले तोकेबमोजिम हुनेछ ।

(३) संक्षिप्त वार्षिक आर्थिक विवरणमा अन्य कुराको अतिरिक्त देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः-

(क) संक्षिप्त वार्षिक आर्थिक विवरण कम्पनीको वार्षिक आर्थिक विवरण र सञ्चालकको प्रतिवेदनको संक्षिप्त विवरण मात्र हो भन्ने कुरा,

(ख) संक्षिप्त वार्षिक आर्थिक विवरण कम्पनीको वार्षिक आर्थिक विवरण तथा सञ्चालकको प्रतिवेदन अनुरुप छ वा छैन भन्ने कुरा र सो विवरण यस दफा अनुसार तोकिएको ढाँचा अनुकूल छ वा छैन भन्ने बारेमा कम्पनीको लेखापरीक्षकको मन्तव्य,

(ग) लेखापरीक्षकले कम्पनीको वार्षिक आर्थिक विवरण बारेमा कुनै कैफियत देखाएको वा नदेखाएको कुरा र कुनै कैफियत देखाएको भए त्यस्तो कैफियतको पूर्ण विवरण र त्यस्तो कैफियत बुझ्नको लागि आवश्यक पर्ने सामग्रीहरू,

(घ) कम्पनीको लेखा तथा लेखासम्बन्धी विवरणहरू अपूर्ण भएको वा कम्पनीको लेखा कम्पनीले राखेको अभिलेख तथा विवरणसँग मिल्दैन भन्ने बारेमा वा माग गरेको जानकारी तथा स्पष्टीकरण प्राप्त भएको छैन भन्ने बारेमा लेखापरीक्षकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको भएमा सोसम्बन्धी पूर्ण विवरण ।

(४) उपदफा (१) बमोजिम शेयरधनीहरुलाई कम्पनीले व्यक्तिगत ठेगानामा संक्षिप्त वार्षिक आर्थिक विवरण पठाउनुको सट्टा सो विषयमा सभाको सूचना प्रकाशित गर्दाको बखत राष्ट्रियस्तरको दैनिकपत्रिकामा कम्तीमा दुईपटक प्रकाशन गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम संक्षिप्त वार्षिक आर्थिक विवरण प्रकाशित भएकोमा सो विवरण शेयरधनीको व्यक्तिगत ठेगानामा पठाउनु आवश्यक पर्ने छैन ।

Share this Law

८४. शेयरधनीहरूलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्थाः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.